प्राइम कमर्सियल बैंकको संस्थापक शेयर विक्रीमा

प्राइम कमर्सियल बैंकको संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै बिभिन्न संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।  

कम्पनीको वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याउने निर्णय गरेको हो । 

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र अन्य प्रचलित कानून बमोजिम बमोजिम अन्य व्याक्तिलाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।