लाइफ इन्स्योरेन्स कर्पोरेशनद्वारा २०% बोनस शेयर वितरण

लाइफ इन्स्योरेन्स कर्पोरेशनद्वारा २०% बोनस शेयर वितरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । 

कम्पनीले गत फागुन ११ गते सम्पन्न १९औं साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा वैशाख १५ गतेदेखि जम्मा गरिदिएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

बोनससँगै कर प्रयोजनका लागि नगद लाभांश समेत रहेकाले सदस्यहरुले कर बापतको रकम तिर्नुपर्ने छैन । वैशाख १४ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको उक्त बोनस शेयर कम्पनीले सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो । कम्पनीले २० प्रतिशत बोनस बापतको ४४ लाख २२ हजार कित्ता शेयर सूचीकृत गराएको हो ।

माघ २३ गतेसम्म शेयर अभौतिकीकरण गराएका सदस्यहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको कम्पनीले त्यसपछि शेयर अभौतिकीकरण गर्ने सदस्यहरुको हकमा समेत क्रमशः जम्मा गर्दै जाने बताएको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।