बैंकिङ्ग समाचार, काठमाडौं ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५० दशमलव ५८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा रू.३ करोड ५१ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा चालू आवमा बढेर रू. ५ करोड २९ लाख पुगेको हो ।
गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १५ प्रतिशत र सञ्चालन नाफा १२६ प्रतिशत वृद्धि भएसँगै खुद नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. ११ करोड ३ लाख रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू.१५ करोड ५ लाख सञ्चित गरेको छ ।
सो अवधिमा कम्पनीले रू. १ अर्ब ३२ करोड सापटि लिएर,रू. ७८ करोड ७० लाख निक्षेप संकलन गरेर रू. २ अर्ब १५ करोड कर्जा लगानी गरेको छ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५९ दशमलव ६६ (वार्षिक), मूल्य आम्दानी अनुपात ३५ दशमलव २० गुणा, तरलता अनुपात १० दशलमव ५२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २२७ दशलमव २१ रहेको छ ।
प्रतिक्रिया