बैंकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएकाले बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भागलिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव पारितका लागि कम्पनीले वैशाख २८ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान १०:३० बजे शुरु हुने जानकारी दिएको छ ।
प्रतिक्रिया