बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल करेन्सी यात्रातर्फ मुलुक अघि बढेको बताएका छन् । राष्ट्र बैंकको ६७ औं वाषिर्कोत्सब समारोहमा बोल्दै डेपुटी गभर्नर मिश्रले यस्तो बताएका हुन् ।
कागजको नोट चलाउनबाट सुरु भएको राष्ट्र बैंकको यात्रा अब डिजिटल करेन्सीतर्फ अघि बढेको उनले बताए । अब भौतिक मुद्रालाई विस्थापित गरी डिजिटल कारोबारलाई अघि बढाउने उनले बताए ।
उनले अर्थतन्त्र बाहृय क्षेत्रको कारण दवावमा परेको समेत बताए । बाह्य क्षेत्रबाट अर्थतन्त्रमा परेको असरलाई समाधान गर्न राष्ट्र बैंकले कहिले कसिलो त कहिले लचिलो नीति लिनुपरेको उनले बताए । कसिलो नीतिहरु अवस्था सहज भएपछि लचिलो हुने साथै लचिलो नीतिहरु पनि समयानुकूल अघि बढ्ने उनले बताए ।
प्रतिक्रिया