बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार र आइतबार गरी दुईदिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रेस प्रमुख गोविन्द परियारले बताए । उनका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्म बढाइएको छ ।
प्रतिक्रिया