५.१७ अंकको सामान्य वृद्धि भइ बन्द भयो नेप्से

५.१७ अंकको सामान्य वृद्धि भइ बन्द भयो नेप्से


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.१७ अंकले बढेर २ हजार ३ सय ७६ दशमलब १७ विन्दुमा पुगेको हो । मंगलबार नेप्से १५.२ अंकले घटेर २ हजार ३ सय ७० दशमलब ९९ विन्दुमा पुगेको थियो ।

त्यस्तै, आज नेप्सेमा १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा १ अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो  ।   

आज कारोबार भएका १०८ कम्पनीको शेयरमूल्य बढेको छ भने ६९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०३८.८० रुपैयाँ पुगेको छ ।   

नेप्सेका अनुसार आज सानिमा इक्वीटी फण्ड र सानिमा लार्ज क्याप कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ५ करोड २१ लाख भन्दा बढीको कारोबार भएको छ ।