बैंकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले ४५ हजार ९९१ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।
बैंकले उक्त शेयर संस्थापक शेयरधनीहरुसँगै अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी आज (बुधवार) देखि विक्रीमा ल्याएको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. १८५ तोकिएको छ ।
इच्छुक खरीदकर्ताहरुले वैशाख २२ गते कार्यालय समयभित्र एनआईसी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।
आवेदकहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने व्यवस्था छ । यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।
यो शेयर बाँडफाँटमा प्राप्त गर्ने खरीदकर्ताहरुले कम्पनीद्वारा वैशाख १४ गते पश्चात घोषणा हुने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया