बैंक-वित्तिय संस्थाको मुद्दति निक्षेपमा २ अर्ब लगानी गर्दै राष्ट्र बैंक

बैंक-वित्तिय संस्थाको मुद्दति निक्षेपमा २ अर्ब लगानी गर्दै राष्ट्र बैंक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ ।

केन्द्रिय बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड ५ लाख, विकास बैंकहरुमा ३० करोड र फाइनान्स कम्पनीहरुमा १० करोड गरी कुल २ अर्ब ५ लाख रुपैयाँ मुद्दति निक्षेपमा राख्न लागेको हो ।

केन्द्रिय बैंकले उक्त निक्षेप २०७९ जेठ ३ गतेदेखि २०८० जेठ २ गतेसम्म ३६५ दिन अवधिको लागि राख्न लागेको हो ।

उक्त निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाहरुले बैशाख २१ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ ।

राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ ।

त्यसैगरी, निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने,शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने,समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने जस्ता शर्तहरु तोकिएको छ ।