सेन्चुरी कमर्शियल बैंकले बैशाख २१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याज कति ?

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
सेन्चुरी कमर्शियल बैंकले बैशाख २१ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले रु. १,००० अंकित दरको २२ लाख कित्ताले हुन आउने रु. २ अर्ब २० करोड बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

जस मध्ये १३ लाख २० हजार कित्ता निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र ८ लाख ८० कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको ८ लाख ८० हजार कित्ता मध्ये १० हजार कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । ऋणपत्र निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

यस ऋणपत्रमा छिटोमा बैशाख २५ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम ८ लाख ७० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५० प्रतिशत ब्याज प्रदान गर्ने छ ।