बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको वैशाख महिनाको पहिलो ९ दिनको अवधिमा वाणिज्य बैंकहरुबाट २२ अर्ब निक्षेप बाहिरिएको छ ।
नेपाल बैंकर्स संघका अनुसार चैत्र ३० गते वाणिज्य बैंकहरुको निक्षेप ४३ खर्ब ८९ अर्ब रहेकोमा बैशाख २ गतेसम्म आईपुग्दा वाणिज्य बैंकहरुको निक्षेप १२ अर्बले घटेर ४३ खर्ब ७७ अर्ब रहेको थियो । तर बैशाख ९ गतेसम्ममा बैंकहरुको निक्षेप थप १० अर्बले घटेर ४३ खर्ब ६७ अर्ब कायम भएको छ ।
यस अवधिमा बैंकहरुको ३ अर्ब कर्जा पनि घटेको छ । चैत्र ३० गते वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ९७ अर्ब रहेकोमा बैशाख २ गतेसम्म आईपुग्दा वाणिज्य बैंकहरुको कर्जा २ अर्बले घटेर ४१ खर्ब ९५ अर्ब पुगेको थियो । तर बैशाख ९ गतेसम्ममा बैंकहरुको कर्जा थप १ अर्बले घटेर ४१ खर्ब ९४ अर्ब कायम भएको छ ।
फागुन महिनाको लागि ब्याज बढाएका बैंकहरुले चैत्र महिनाको लागि ब्याजदर स्थिर राखेका थिए । बैशाखको लागि पनि वाणिज्य बैंकहरुले ब्याजदर बढाएका छैनन् ।
प्रतिक्रिया