इमर्जिङ्ग नेपालको खुद नाफा ७.७९% ले घट्यो

इमर्जिङ्ग नेपालको खुद नाफा ७.७९% ले घट्यो

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
इमर्जिङ्ग नेपाल लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७ दशमलव ७९ प्रतिशतले घटेको हो । कम्पनीले गत आवमा रू. ८५ लाख ६४ हजार नाफा कमाएकोमा चालू आवमा घटेर रू. ७८ लाख ९७ हजारमा झरेको हो ।

चालू आवमा कम्पनीको प्रशासनिक खर्चहरुमा वृद्धि भएकाले नाफा घट्न पुगेको हो । कम्पनीको अन्य स्रोतमार्फत हुने आम्दानी भने ११९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको अन्य स्रोतमार्फत रू. ९५ लाख ५३ हजार आम्दानी भएकोमा चालू आवमा बढेर रू. २ करोड ९ लाख पुगेको हो ।

त्यसैगरी कम्पनीको चुक्तापूँजी रू. ५५ करोड ५६ लाख रहेको छ भने  जगेडामा रू. ३ करोड ३४ लाख सञ्चित गरेको छ । त्यसैगरी चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव शून्य २, मूल्य आम्दानी अनुपात १६२ दशमलव शून्य ५ गुणा र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव शून्य २ रहेको छ ।