माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा स्कुटरहरु ०% ईएमआईमा पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा स्कुटरहरु ०% ईएमआईमा पाउने


बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंक लि. ले विद्मुतीय सवारीसाधानको प्रयोगलाई प्राथामिकता दिर्दै आफ्ना ग्राहकको लागि ‘Okinawa’ ब्रान्डको इलेक्ट्रोनिक स्कुटर 0% EMI मा पाउने ब्यवस्था गरेको छ ।

माछापुच्छ्रे बैंकले BHC International Pvt.Ltd. संग सम्झौता गरि बैंकको Instapay सुविधा मार्फत इलेक्ट्रोनिक Okinawa Scooter 0% EMI मा पाउने ब्यवस्था गरेको हो । उक्त सम्झौतापत्रमा BHC International Pvt.Ltd. को तर्फबाट  प्रबन्धक निर्देशक हासिम अन्सारी तथा माछापुच्छ्रे बैेंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत डिल्लि राम गिरीले हस्ताक्षर गरेका हुन् ।

पेट्रोलियम पदार्थको खपत बढिरहेको र इन्धन आयात बढि भईरहेको अहिलेको परिवेशमा विद्मुतीय सवारीसाधानको प्रयोगमा जोड दिने उद्धेश्य एंव वतावरण संरक्षणमा टेवा पुर्याउने उद्धेश्यका साथ बैंकले उक्त सुविधा संचालनमा ल्याएको हो ।