एनएमबी बैंकद्वारा सर्लाहीका विद्यार्थीहरुलाई झोला वितरण

एनएमबी बैंकद्वारा सर्लाहीका विद्यार्थीहरुलाई झोला वितरण


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबी बैंकले सामाजिक दायित्वअन्तर्गत पुकु दिदी फाउण्डेशन र बागमती मावि सिसौट सर्लाहीका विद्यार्थीहरूलाई स्कुल झोला वितरण गरेको छ ।

वितरणको क्रममा बैंकको तर्फबाट मधेश प्रदेश प्रमुख कमल पोख्रेलसहित शाखा प्रवन्धकहरू विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए भने पुकु दिदी फाउण्डेशनबाट श्रीमती शोभा पौडेल लगायत सदस्यहरू उपस्थित थिए । बैंकले स्कुल ब्यागहरुका साथै इन्भर्टर र ब्याट्री समेत वितरण गरेको थियो ।

एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरू, १३९ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।