एलआइसी नेपालले दियो अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम


बैंकिङ्ग समाचार, काठमाडौं ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसि) नेपाल लिमिटेडमा कार्यरत जीवन बिमा अभिकर्ताहरुलाइ लक्षित गरि, एक दिवसीय "बजारीकरण रणनीति र जीवन बिमा सम्बन्धि तालिम" प्रदान गरेको छ ।

एलआइसि नेपालमा कार्यरत एजेन्सी म्यानेजर गोबिन्द प्रसाद गिरिको संयोजकत्वमा बुटवलमा सञ्चालित तालिममा बुटवल भैरहवा लगायतका शाखा सहितका सेवा केन्द्रमा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा एलआइसि नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत एल.पि. दासले कार्यक्रमको उद्घाटन गरी उत्कृष्ट कार्य गर्ने बीमा अभिकर्तालाई सम्मान गरेका थिए । बजारीकरण रणनीति र सदस्य सम्वन्ध विषयको सैद्धान्तिक पक्षको बारेमा बोल्दै नेपालमा रहेका १९ ओटा जीवन बिमा कम्पनिहरुमा राष्ट्रिय बिमा सस्थान बाहेक अन्य कम्पनीको लागि एलआइसि नेपाल कर्मचारी उत्पादन गर्ने थलो रहेको बताए ।

तालिममा जीवन बीमा क्षेत्रमा आफ्नो ३० बर्षको अनुभव, आफ्नो छुट्टै पहिचान तथा नेतृत्वदायी भुमिका निभाएका बीमा बिज्ञ तथा कम्पनीका कार्यकारी प्रमुख दासले क्षमता बृद्धि तथा बजार ब्यवस्थापन सम्बन्धी मुलभुत तालिम तथा अभिप्रेरणा प्रदान गरेका थिए । सबैभन्दा पुरानो कम्पनी समय सान्दर्भिक आकर्षक बिमा योजना रहेकोले जसलाई जुन बीमाको आवश्यकता छ सोही अनुसार बीमा पोलिसी बिक्रि गर्न आग्रह गरे ।

बुटवल साखाका साखा प्रवन्धक ज्योति कुमार पौडेलले संस्थाको गतिविधी र ब्याबसायको विषयमा र भैरहवा शाखाका शाखा प्रबन्धक सुदिप श्रेष्ठले संस्थाबाट प्रदान गरिएको पोलिसी सम्वन्धी सेवाहरुको बारेमा प्रशिक्षण गराएका थिए ।

नेपाली बीमा क्षेत्रका अनुभवी तथा कार्यक्रमका प्रशिक्षक फडिन्द्र पुरिको प्रशिक्षणसँगै बीमा अभिकर्ताहरुले थप उत्साह मिलेको प्रतिक्रिया दिएका छन् । अभिकर्ताहरुलाई आफ्नो कार्यदक्षता कायम राख्न स्व–अध्ययन र बिशेष तयारीका साथ आफु मातहतका अभिकर्ताहरुलाई नियमित रुपमा तालिम तथा उत्प्रेरणा दिन आवश्यक रहेको प्रष्ट्याएका थिए ।

अभिकर्ताको तर्फबाट सीता यौपानेको सुभकामना, ज्योति पौडेलको स्वागत मन्तव्य कार्यक्रमको सञ्चालन अभिकर्ता लक्ष्मी केसिले गरेका थिए । कम्पनीको आर्थिक बर्ष २०७७/७८ मा उत्कृष्ट ब्यवसाय गर्ने अभिकर्ता सम्मानार्थ आयोजित बिशेष समारोह बुटवल होटेल फ्लेमिङ्गोमा सम्पन्न भएको हो ।

Skip This