आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद आजदेखि लिलामीमा

आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद आजदेखि लिलामीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमईको जनरल इन्स्योरेन्स लिमिटेडले आज (सोमार) देखि अवितरित हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गर्ने भएको छ । 

कम्पनीले गत फागुन १२ गतेदेखि चैत १३ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको संस्थापक समूहको २ हजार २६१ कित्ता र सर्वसाधारण समूहतर्फको ८८ हजार ९३४ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो ।

यो शेयर खरीदका लागि वैशाख २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

बोलपत्र विक्री प्रबन्धकसँगै ग्लोबल आइएमई बैंकका शाखा कार्यालय झापा, मोरङ, धनुषा, वीरगञ्ज, हेटौँडा, चितवन, कास्की, रुपन्देही, बागलुङ, बाके, सुर्खेत, दाङ, कैलाली, कञ्चनपुरमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।