बाराही हाइड्रोपावरले आइपीओ निष्काशनका लागि बोर्डमा दियो निवेदन

बाराही हाइड्रोपावरले आइपीओ निष्काशनका लागि बोर्डमा दियो निवेदन


बैंकिङ्ग समाचार, काठमाडौं ।
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले ७ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि गत चैत १७ गते निवेदन दिएको हो ।

कम्पनीले उक्त आइपीओ स्थानीय बासिन्दा र सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले सेबोनमा बाट स्वीकृती पाएपछि पहिलो चरणमा स्थायिन बासिन्दाका लागि निष्कासन गर्नेछ त्यपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।