एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन

एभरेष्ट इन्स्योरेन्सको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एभरेष्ट इन्स्योरेन्सको बोनस शेयरको समायोजन गरेको छ । नेप्सेले ६ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ५४४ दशमलव ३४ तोकेको छ ।

नेप्सेले आइतवारको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. ५७७ को आधारमा शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि सोमवार बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव पारितका लागि कम्पनीले वैशाख २१ गते साधारण सभा आयोजना गरेको छ । सभा अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।