नेप्से ९५.४६ अंकले बढ्दा छायो हरियाली, १० कम्पनीको शेयरमा सकारात्मक सर्किट

सुरेश शर्मा
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लामो समयदेखि निरन्तर गिरावट भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार उछाल आएको छ । आज नेप्से ९५.४६ अंकले बढेर २ हजार ४ सय २० दशमलब ९१ विन्दुमा पुगेको हो । 

त्यस्तै, आज कारोबार रकममा पनि सुधार भएको छ । आज नेप्सेमा २ अर्ब ५३ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत हप्ता दैनिक डेढ अर्बको हाराहारीमा कारोबार भएको थियो ।  

आज कारोबार भएका १९३ कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि १० कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने २५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । 

नेप्सेका अनुसार आज नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.८९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको छ ।