पोखरा फाइनान्सको नाफा ४ करोड, ५५ प्रतिशतले घट्यो मुनाफा

पोखरा फाइनान्सको नाफा ४ करोड, ५५ प्रतिशतले घट्यो मुनाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
पोखरा फाइनान्सले चालू आर्थिक वर्षको तस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको तेस्रौ त्रैमाससम्ममा ४ करोड २ लाख खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा भने ५५ प्रतिशत घटेको हो ।

कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ४ लाख खुद नाफा कमाएको थियो । चालू आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफासँगै खुद ब्याज आम्दानी पनि घटेको छ ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा ५५ प्रतिशत र खुद ब्याज आम्दानी ३ दशमलव ३९ प्रतिशत घटेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ४ करोड रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा ३२ करोड ६९ लाख र रिटेण्ड अर्निङमा ३ करोड सञ्चित गरेको छ । चालू आवमा कम्पनीको वितरणयोग्य नाफा ३ करोड रहेको छ ।

गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ०१ पैसा रहेकोमा चालू आर्थिक वर्षमा घटेर ६ रुपैयाँ १८ पैसामा झरेको हो । कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ रहेको छ ।