बैंकिङ्ग समाचार, काठमाडौं ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त भएको छ ।
कम्पनीको आईपीओ विक्रीको जिम्मेवारी पूरा गरेको नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले आगामी दिनमा शेयर व्यवस्थापनको काम गर्ने जिम्मेवारी समेत पाएको हो ।
कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम वैशाख ९ गतेदेखि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबाट सुरु भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले चैत २५ गतेदेखि २५ गतेसम्म आईपीओ जारी गरी वैशाख ९ गते बाँडफाँट गरेको हो । उक्त आईपीओ २२ हजार ११५ जनाले पाएका छन् । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले शेयर पाएका हुन् ।
प्रतिक्रिया