शिखर इन्स्योरेन्सको अवितरित हकप्रद लिलाम बिक्रीमा

शिखर इन्स्योरेन्सको अवितरित हकप्रद लिलाम बिक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
शिखर इन्स्योरेन्सले सर्वसाधारण समूहको अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । इन्योरेन्सले गत चैत १ गतेदेखि २१ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो ।

इन्स्योरेन्सले सर्वसाधारण समूहको ७७ हजार ७२०.८८ कित्ता हकप्रद शेयर लिलाम बिक्री गर्न लागेको हो । सो शेयर खरिदका लागि बैशाख १९ गतेदेखि २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

शेयरको न्युमत मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नु पर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढी भागका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

सो शेयरमा एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँ तथा पुतलीसडक, लगनखेल, पोखरा, बुटवल, विरगंज, विराटनगर शाखा, इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, दाङ, सुर्खे, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।