एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैशाख ११ गते, आइतबार, एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात बैशाख १२ गते बुकक्लोज गर्दैछ ।

यस अनुसार आजसम्ममा नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

इन्स्योरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैशाख २१ गते, बुधबार, अग्रवाल भवन, कमलपोखरीमा २७ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा दिउसो २ बजे शुरु हुनेछ ।सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ३७ लाख ३७ हजार ६९८ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै अधिकृत पूँजी ३ अर्ब रुपैयाँ पुर्याउने, निर्जीवन बीमा कम्पनी मर्ज अथवा एक्वार गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा संस्थापक समूहकोतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारणको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।