बैंकिङ्ग समाचार, काठमाडौं ।
नयाँ सारथि लघुवित्त वित्तीय संस्थाले शनिवार वैशाख १० गते साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा प्रधान कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे हुने जानकारी दिएको छ ।
सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले एफपीओ निष्कासन गर्ने र यस कम्पनीले अन्य कुनै पनि वित्तीय संस्थालाई प्राप्ति गर्ने वा प्राप्ति हुने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
उक्त साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २३ गतेदेखि २०७९ वैशाख १० गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा चैत २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीको चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया