बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको २० औं वार्षिक साधारण सभा वैशाख ११ गते आइतवार हुने भएको छ ।
कम्पनीले सभा पर्साको दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२:३० बजे शुरु जानकारी दिएको छ । सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २४ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा चैत २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया