आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित ७% बोनश लाभांश पारित

आइएमई जनरल इन्स्योरेन्सको २४औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित ७% बोनश लाभांश पारित


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनीको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लैनचौर ब्यङ्क्वेट, काठमाडौंमा आज सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनश शेयर र शून्य दशलमव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समितिले पेश गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको प्रतिवेदन सहित हिसाब नगद नाफा, नोक्सान लगायतका वित्तीय विवरण तथा अनुसूचिहरुमाथि छलफल गरी पारित गरेको छ ।

सभाले लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

त्यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी बढाएर २ अर्ब ५० करोड पुर्‍याउने विशेष प्रस्ताव पारित गरेको छ । साथै, बोनश वितरण पश्चात कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गरी सोही बमोजिम कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, संशोधित प्रवन्धपत्र र नियमावलीमा फेरबदल गर्न नियामक निकायबाट कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गरेको छ ।