युनियन हाइड्रोपावरको विशेष साधारण सभा आह्वान

युनियन हाइड्रोपावरको विशेष साधारण सभा आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
युनियन हाइड्रोपावर लिमिटेडले बैशाख २३ गते शुक्रबार विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको बैशाख ८ गते सम्पन्न बैठकले २०७९ साल बैशाख २३ गते शुक्रबार बिहान ११ बजे धोबिघाट ३, ललितपुरस्थित कम्पनीको रजिष्ट्रर्ड कार्यालयबाट भर्चुअल माध्यम मार्फत सभा बोलाउने निर्णय गरेको हो ।

सभामा सञ्चालक विष्णु प्रसाद पाण्डेको राजीनामा स्वीकृत गर्ने तथा नयाँ सञ्चालक नियुक्त गर्ने सम्बन्धमा विशेष प्रस्ताव रहेको छ । यस्तै कम्पनीको प्रबन्धपत्रको दफा ६ (क) र (ख) मा संशोधन गर्ने एजेण्डा पनि सभामा रहेको छ ।

विशेष साधारण सभाका लागि कम्पनीले बैशाख १५ गते बिहीबार एकदिन सेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । यसअनुसार बैशाख १४ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी कायम रहने लगानीकर्ताले मात्र लाभांश पाउनेछन् ।