उपकार लघुवित्तको आईपीओ नतिजा यसरी हेर्नुहोस्

उपकार लघुवित्तको आईपीओ नतिजा यसरी हेर्नुहोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालयमा शुक्रबार बिहान ८ बजे सेयर बाँडफाँड भएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गरिएको आईपीओ बाँडफाँडमा गोलाप्रथाबाट भाग्यमानी २२ हजार ११५ जनाले सेयर प्राप्त गरेका छन् । जसअनुसार २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ता सेयर हात पारेका छन् ।

आईपीओमा आवेदन दिएका मध्ये २३ लाख २६ हजार ९४१ योग्य आवेदक तथा २ हजार ४०६ वटा गरी कुल २३ लाख २९ हजार ३४७ जना आवेदक हातखाली भएको हो । आईपीओमा कुल २३ लाख ५१ हजार ४६२ वटा आवेदन परेको थियो ।

प्रकाशन भएपछि निम्न माध्यमबाट आईपीओ नतिजा हेर्न सकिन्छः

१. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडीएससी) ले आईपीओको नतिजा हेर्नकै लागि सञ्चालन गरेको वेबसाइट

२. बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको वेबसाइट

३. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो सेयरको वेबसाइट आईपीओ एप्लिकेसन रिपोर्टमा

४. धितोपत्र निष्काशक कम्पनी उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको वेबसाइट