नाफासँगै घट्यो गुडविल फाइनान्सको ईपीएस

नाफासँगै घट्यो गुडविल फाइनान्सको ईपीएस


बैंकिङ्ग समाचार, काठमाडौं ।
गुडविल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार फाइनान्सको नाफा र ईपीएस गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले ११ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.१५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १५ करोड ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा घटेपछि फाइनान्सको खुद नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३३.५६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २८.४९ प्रतिशत घटेको छ । समीक्षा अवधिमा फाइनान्सको निष्क्रिय कर्जा २ प्रतिशतबाट बढेर ३.५६ प्रतिशत पुगेको छ ।

खुद नाफा घटेसँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ७ रुपैयाँ ४६ पैसा घटेर १५ रुपैयाँ ६२ पैसामा झरेको छ ।

समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ९.१० प्रतिशत बढेको छ भने जगेडा कोष ६.९८ प्रतिशत घटेको छ । त्यसैगरी, समीक्षा अवधिमा फाइनान्सको निक्षेप ३.६४ प्रतिशत बढेको छ भने कर्जा ११.४३ प्रतिशत बढेको छ ।