सूर्योदय वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

सूर्योदय वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त भएको छ । संस्थाको बुधवार बसेको सञ्चालक समितिको बैठकले मर्जरपछि बनेको उक्त कम्पनीको शेयर रजिष्टारको काम गर्न कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

हालै मात्र वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्था मर्ज भएर सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको छ ।

अब धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, शेयरधनी दस्तखत प्रमाणिकरणलगायतका सम्पूर्ण कार्यहरु कुमारी क्यापिटलबाट हुने कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।