ग्लोबल आइएमई बैंकको खुद नाफा पौने ४ अर्ब नजिक, ईपिएस कति ?

ग्लोबल आइएमई बैंकको खुद नाफा पौने ४ अर्ब नजिक, ईपिएस कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

बैंकले यस त्रैमासमा रु. ३ अर्ब ७२ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अबधिमा रु. ३ अर्ब ५७ करोड आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ४.१३ प्रतिशतले बृद्धि भएको छ ।

बैंकले रु. २ खर्ब ६९ निक्षेप संकलन गरेर रु. २ खर्ब ६० अर्ब कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु. २ खर्ब ६८ अर्ब निक्षेप संकलन गरेर रु. २ खर्ब २८ अर्ब कर्जा विस्तार गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी रु. ७ अर्ब ४३ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा रु. ६ अर्ब ८७ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा रु. ५ अर्ब १७ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा रु. ५ अर्ब ३ करोड रहेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा रु. १ अर्ब ९१ करोड रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी रु. २३ अर्ब ७९ करोड रहेको छ । जगेडा कोषमा रु. ९ अर्ब ८४ करोड छ भने कम्पनीको संचित नाफा रु. १ अर्ब ९१ करोड रहेको छ ।

बैंकको निष्कृय कर्जा अनुपात १.४५ प्रतिशत रहेको छ गत आर्थिक वर्षमा १.६१ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रति सेयर आम्दानी (ईपिएस) रु. २०.८८ रहेको छ जुन गत आर्थिक वर्षमा रु. २२.०५ रहेको थियो । त्यसैगरी नेटवर्थ रु. १४९.४५ रहेको छ भने मुल्य आम्दानी अनुपात १४.३५ गुणा रहेको ।