सञ्चालन नाफा घटेसँगै सानिमा बैंकको खुद नाफा १४% घट्यो

सञ्चालन नाफा घटेसँगै सानिमा बैंकको खुद नाफा १४% घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४ दशलमव २० प्रतिशत घटेको छ । 

कम्पनीले गत आवमा रू. १ अर्ब ८५ करोड खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. १ अर्ब ५९ करोडमा झरेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा घटेकाले नाफा घट्न पुगेको हो । गत आवको तुलनामा चालू आवको सोही अवधिमा सञ्चालन नाफा पनि १४ प्रतिशत घटेको छ । गत आवको मुनाफाबाट कम्पनीले १७ प्रतिशत बोनस शेयर वितरणपछि चुक्ता पूँजी रू. ११ अर्ब ३२ करोड पुगेको छ । 

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा जगेडामा रू. ४ अर्ब २९ करोड र रिटेण्ड अर्निङमा रू. ७३ करोड १२ लाख सञ्चित गरेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २५ दशमलव ७३ रहेकोमा चालू आवमा रू. १८ दशमलव ८७ मा झरेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब ४६ करोड रहेको छ । त्यसैगरी सो अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १६ दशमलव ८० गुणा,तरलता अनुपात २० दशमलव ६८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४४ दशमलव ३५ रहेको छ ।