महालक्ष्मी विकास बैंकको २०% बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

महालक्ष्मी विकास बैंकको २०% बोनश शेयरधनीको हितग्राही खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीले गत फागुन १३ गते सम्पन्न २०औं साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोजको हुँदाको मितिमा अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको उक्त बोनसशचैत ३० गतेदेखि हितग्राही खातामा जम्मा गरिदिएको बैंकले जनाएको छ ।

भौतिक रुपमा शेयर धारण गरेका शेयरधनीको हकमा शेयर अभौतिकीकरण गराएपश्चात स्वतः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।