एनआईसी एशिया बैंकको तेस्रो त्रैमाससम्मको नाफा साढे ३ अर्ब बढि, ईपिएस ४१ रुपैयाँ

एनआईसी एशिया बैंकको तेस्रो त्रैमाससम्मको नाफा साढे ३ अर्ब बढि, ईपिएस ४१ रुपैयाँ


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा ३ अर्ब ६० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको यसै अवधिको तुलनामा १९.९६ प्रतिशतले मुनाफा बढेको हो ।

बैंकको खुद व्याज आम्दानी यस अवधिमा २५ प्रतिशतले बढेको छ । चैत मसान्तसम्ममा बैंकको यस्तो आम्दानी ८ अर्ब २५ करोड रुपैयाँ रहेको छ । मुनाफामा उलेख्य सुधार भए सँगै प्रतिशेयर आम्दानी ४१ रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिमा ३४ रुपैयाँ थियो । नेपाल राष्ट्र बैंकले बोनस शेयर वितरण गर्न नदिए पछि प्रतिशेयर आम्दानी अन्य बैंकको भन्दा सर्वाधिक धेरै देखिएको हो ।

बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब ७४ करोड रुपैयाँ जम्मा भएको छ । समिक्षा अवधिमा बैंकले २ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । पूँजीकोष अनुपात १३.११ प्रतिशत रहेको बैंकको खराव कर्जा भने ०.५१ प्रतिशत छ ।