तेस्रो त्रैमाससम्म सिद्धार्थ बैंकले कमायो २ अर्ब बढी नाफा

तेस्रो त्रैमाससम्म सिद्धार्थ बैंकले कमायो २ अर्ब बढी नाफा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकले चालू आवको तेस्रो त्रैमासीक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. २ अर्ब ८ करोड नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा सामान्य वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ६ करोड नाफा कमाएको थियो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ३ अर्ब ९३ करोड खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४ अर्ब ७६ करोड पुगेको छ । 

त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. १२ अर्ब ५२ करोड रहेको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ८ अर्ब २ करोड र रिटेण्ड अर्निङमा रू. १ अर्ब १ करोड सञ्चित गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.२२ दशमलव ३८, मूल्य आम्दानी अनुपात १७ दशमलव ६५ गुणा,तरलता अनुपात १९ दशलमव ०२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७२ दशलमव २४ रहेको छ ।