सगरमाथा इन्स्योरेन्सले २१.०५% लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा

सगरमाथा इन्स्योरेन्सले २१.०५% लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले बैशाख २८ गते २५औँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा लैनचौर बैङक्वेट लैनचौरमा बिहान १०ः३० बजेदेखि शुरु हुनेछ ।

सभाले कम्पनीको प्रबन्धपत्रको दफा ५.१ मा संशोधन गरी कम्पनीको अधिकृत पूँजी दई अर्बबाट वृद्धि गरि ५ अर्ब कायम गर्ने गर्दै चुक्ता पूँजी एक अर्ब ३३ करोड ३६ लाख रुपैयाँ कायम भएको विशेष प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख १६ गतेदेखि २८ गतेसम्मको लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार बैशाख १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।