ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै एनएमबि बैंकको खुद नाफा सामान्य बढ्यो

ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै एनएमबि बैंकको खुद नाफा सामान्य बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. २ अर्ब ५१ करोड खुद नाफा गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. २ अर्ब ६६ करोड पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २ प्रतिशत र सञ्चालन नाफा ४ प्रतिशत वृद्धि भएको हो । कम्पनीको चुक्ता पूँजी रू. १८ अर्ब ३६ करोड रहेको छ भने चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ५ अर्ब ३७ करोडर रिटेण्ड अर्निङमा रू. २ अर्ब ३७ करोड सञ्चित गरेको हो ।

सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ३२ करोड रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. १९ दशमलव २९, मूल्य आम्दानी अनुपात (वार्षिक) २१ दशमलव १७ गुणा र प्रतिशेयर नेटवर्थ रू. १४७ दशमलव ७७ रहेको छ ।