नेपालकाे अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैन: उद्योग परिसंघ

नेपालकाे अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैन: उद्योग परिसंघ


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल उद्योग परिसंघले नेपालकाे अर्थतन्त्र संकटपूर्ण अवस्थामा नरहेकाे दाबी गरेकाे छ ।

काठमाडौं स्थित एभरेष्ट होटलमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर परिसंघले कुनै पनि सूचकहरुले अर्थतन्त्रकाे संकट जनाउने अवस्था नरहेको दाबी गरेको हो ।

‘अर्थतन्त्र संकटको अवस्थामा छैन, प्यानिक हुनुपर्ने अवस्था पनि छैन । तर चनाखाे भएर भने हिंड्नु पर्ने अवस्था छ,’ परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले भने ।