कालिका लघुवित्तकाे बाेनस शेयर नेप्सेमा सूचीकृत

कालिका लघुवित्तकाे बाेनस शेयर नेप्सेमा सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिका लघुवित्त वित्तिय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेनजमा सूचीकृत भएको छ । सोमबार नेप्सेमा लघुवित्तको ३ लाख ५९ हजार ९४५.१६३५ कित्ता सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न पाउने छन् । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनकालागि तोकेको बुकक्लोज मिती पुस २० गतेसम्म कायम शेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।

लघुवित्तको २०७८ पुस ३० गते सम्पन्न १२ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।