नयाँ वर्षमा आज पहिलो पटक हरियो भयो नेप्से, दोहोरो अंकले बढ्यो

नयाँ वर्षमा आज पहिलो पटक हरियो भयो नेप्से, दोहोरो अंकले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले बढेको छ । आज नेप्से १३.३७ अंकले बढेर २ हजार ३ सय ५७ दशमलब २४ विन्दुमा रोकिएको हो । सोमबार नेप्से ४१.७७ अंकले घटेर २ हजार ३ सय ४३ दशमलब ८७ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । आज नेप्सेमा १ अर्ब ३२ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ५३ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ११ कम्पनीको शेयरमूल्य बढेको छ भने १८२ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३०११.४० रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता २९८.२० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ८.८२ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ६ करोड ३० लाख भन्दा बढीको कारोबार भएको छ ।