अभियान लघुवित्त र आत्मनिर्भर लघुवित्तले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवदेन

अभियान लघुवित्त र आत्मनिर्भर लघुवित्तले आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दिए निवदेन


बैंकिङ्ग समाचार, काठमाडौं ।
दुई ओटा लघुवित्त कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

अभियान लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् । आत्मनिर्भर लघुवित्तले २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्कासन गर्नका लागि गत चैत २१ गते निवेदन दिएको हो ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि चैत ३० गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिानाथ क्यापिटल लिमिटेड रहेको छ । ती दुबै कम्पनीले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएपछि शेयर निष्कासन गर्नेछन् । 

अभियान लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ भने आत्मनिर्भर लघुवित्तको केन्द्रीय कार्यालय दाङको घोराहीमा रहेको छ ।