बैंकिङ्ग प्रणालीबाट एकदिनमा निक्षेप १० अर्ब घट्यो

बैंकिङ्ग प्रणालीबाट एकदिनमा निक्षेप १० अर्ब घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
पछिल्लो समय दैनिक निक्षेप संकलनदर घट्न थालेको छ । केही समयअघि बैंकिङ प्रणालीमा पैसा आउन थालेको भनिए पनि गत आइतबार (वैशाख ४ गते) एकै दिन निक्षेप संकलन १० अर्ब रुपैयाँ घटेको हो । उक्त दिन बैंक, वित्तीय संस्थामा निक्षेप संकलन १० अर्ब रुपैयाँ घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । 

राष्ट्र बैंकका अनुसार सो दिन वाणिज्य बैंकहरूमा मात्र ९ अर्ब रूपैयाँले निक्षेप संकलनमा कमी आएको हो । वैशाख ४ गतेसम्म बैंक, वित्तीय संस्थामा ४९ अर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । त्यस्तै अघिल्लो दिन वैशाख १५ गते भने निक्षेप संकलन ४९ खर्ब ६२ अर्ब रूपैयाँ पुगेको थियो । वाणिज्य बैंकहरूमा मात्र वैशाख ४ गतेसम्म ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । 

हालसम्म कर्जा प्रवाह भने ४७ खर्ब २२ अर्ब रुपैयाँ भएको छ । वैशाख ४ गते कर्जा प्रवाह पनि २ अर्ब रुपैयाँ घटेको छ । राष्ट्र बैंकका अनुसार सो दिन सीडी रेसियो ९० दशमलव ४३ प्रतिशत रहेको छ ।