नेप्सेमा निरन्तर गिरावट जारी, आज पनि ४१.७७ अंकले घट्यो

नेप्सेमा निरन्तर गिरावट जारी, आज पनि ४१.७७ अंकले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार पनि दोहोरो अंकले घटेको छ । आज नेप्से ४१.७७ अंकले घटेर २ हजार ३ सय ४३ दशमलब ८७ विन्दुमा रोकिएको हो । आइतबार नेप्से २९.६० अंकले घटेर २ हजार ३ सय ८५ दशमलब ६४ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकममा भने झिनो सुधार देखिएको छ । आज नेप्सेमा १ अर्ब ५३ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ४० करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका ११ कम्पनीको शेयरमूल्य बढेको छ भने १८२ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७३७.७० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ८.३३ प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंकको भएको छ । यस कम्पनीको आज ४ करोड ९६ लाख भन्दा बढीको कारोबार भएको छ ।