कालिञ्चोक दर्शन, हाथवे इन्भेष्टमेण्ट र सिटी होटलको ५७ लाख ९९ हजार कित्ता आईपीओ आउने

कालिञ्चोक दर्शन, हाथवे इन्भेष्टमेण्ट र सिटी होटलको ५७ लाख ९९ हजार कित्ता आईपीओ आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कालिञ्चोक दर्शन लिमिटेड, हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेड र सिटी होटल लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्रीमा आउने भएको छ ।

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा तीनवटा कम्पनीले ५७ लाख ९९ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि अनुमति माग्दै गत चैतमा निवेदन दिएका छन् ।

बोर्डका अनुसार अनुमति मागेको तीन कम्पनीमध्ये आइएमई समुहको हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले सबैभन्दा धेरै २९ लाख २५ हजार कित्ता सेयर बिक्रीको माग गरेको छ ।

हाथवेले प्रतिसेयर ५० रुपैयाँ अंकित दरमा १४ करोड ६२ लाख ५० हजार रुपैयाँ मूल्यको आईपीओ निष्कासन गर्नका लागि चैत २५ गते शुक्रबार बोर्डमा निवेदन पेश गरको छ । कम्पनीले सर्वसाधारणमा उक्त सेयर बिक्री गर्न लागेको हो ।

यसैगरी सिटी होटल लिमिटेडले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको १८ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि चैत ३० गते बुधबार बोर्डमा निवेदन दिएको हो । होटलले सर्वसाधारणमा उक्त सेयर बिक्री गर्न लागेको हो ।

त्यसैगरी, कालिञ्चोक दर्शन लिमिटेडले पनि १२ करोड मूल्यको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न चैत १५ गते मंगलबार निवेदन दिएको हो । कम्पनीले स्थानीय र सर्वसाधारणका लागि उक्त सेयर बिक्री गर्न लागेको हो ।

कालिञ्चोक दर्शन लिमिटेडको धितोपत्र निष्काशन तथा क्रिी प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । त्यसैगरी हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेड र सिटी होटल लिमिटेडको धितोपत्र निष्काशन तथा क्रिी प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । तीनवटै कम्पनीहरुले आईपीओ बोर्डबाट बिक्री अनुमति पाएपछि मात्र सार्वजनिक निष्कासनमा आउनेछ ।

माथिका तीन कम्पनीहरु सहित सहित हालसम्म २५ कम्पनीका हालसम्म ६ अर्ब ५८ करोड ४३ लाख २७ हजार ४०० रुपैयाँ बराबरको ६ करोड ६ लाख ८५ हजार ७७४ कित्ता सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डको अनुमतिको पखाईमा पाइपलाईनमा रहेका छन् ।

आईपीओ निष्कासन गर्नका लागिआवेदन दिएका २५ मध्ये २३ कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा, एक कम्पनीले प्रतिसेयर ५० रुपैयाँ अंकित मूल्यमा तथा एक इन्सयोरेन्स कम्पनीले १०० रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २१२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको छ ।