नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँट तथा रकम फिर्ता

नारायणी डेभलपमेन्ट बैंकको लिलामी शेयर बाँडफाँट तथा रकम फिर्ता


बैंकिङ्ग समाचार, काठमाडौं ।
नारायणी डेभलपमेन्ट बैंककाको लिलामी शेयर बाँडफाँट गरिएको छ । 

कम्पनीले संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता शेयर विक्रीका लागि चैत १० गतेदेखि १७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । उक्त अवधिमा प्राप्त बोलपत्रदाताहरुलाई चैत २४ गते बाँडफाँट गरिएको हो । 

कम्पनीले संस्थापक समूहको शेयरको कटअफ मूल्य प्रतिकित्ता रू. ११५ दशमलव ३८ र सर्वसाधारण समूहको कटअफ मूल्य रू. ४२२ तोकेर यो शेयर लिलामीमा ल्याएको हो । 

साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम वैशाख ५ गतेदेखि बोलपत्रवालाले आफ्नो बोलपत्र फारममा उल्लेख बैंक खातामा पठाउने भएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।