दोर्दीखोला जलविद्युतको आईपीओ बैशाख १३ गतेदेखि खुल्ने

दोर्दीखोला जलविद्युतको आईपीओ बैशाख १३ गतेदेखि खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन ९ आईपीओ० बैशाख १३ गतेदेखि निष्काशन हुने भएको छ ।

कम्पनीले पहिलो चरणमा जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ आयोजना प्रभावित क्षेत्र लमजुङ्गका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।

जसअनुसार कम्पनीले १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ मूल्यको प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १० लाख ५४ हजार २६० कित्ता सेयर बिक्री गर्नेछ ।

आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले न्यूनतम १० कित्ता देखि अधिकतममा १० लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओ छिटोमा बैशाख २७ गते निष्काशन बन्द हुनेछ भने सो अवधिसम्म प्रयाप्त आवेदन नपरेको अण्डमा भने जेठ ११ गतेसम्म आवेदन दिने म्याद रअनछ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालका साथै सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।