ग्रीन भेन्चर्सको आइपीओ नेप्सेमा सुचिकृत

ग्रीन भेन्चर्सको आइपीओ नेप्सेमा सुचिकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेप्सेमा ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको ३ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल जीभिएल (GVL) रहेको छ ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता ९१ रुपैयाँ ६ पैसादेखि २७५ रुपैयाँ ५८ पैसा रेञ्ज तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । अब कम्पनीको शेयर सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको ३१ लाख २५ हजार कित्ता, सर्वसाधारण लगानीकर्ता (सामुहिक लगानी कोष र कर्मचारीहरु समेत) का लागि निष्काशन गरेको ३१ लाख २५ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २ करोड ५० लाख कित्ता गरेर कुल ३ करोड १२ लाख ५० हजार कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।