छिमेक लघुवित्तसहित तीन कम्पनीकोे बोनस शेयर सूचीकृत

छिमेक लघुवित्तसहित तीन कम्पनीकोे बोनस शेयर सूचीकृत


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइतवार नेप्सेमा तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । 

छिमेक लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । 

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ६ लाख ८५ हजार ४०१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यसैगरी छिमेक लघुवित्तको ४९ लाख ४१ हजार कित्ता र मनकामना स्मार्ट लघुवित्तको २ लाख ५ हजार ९५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

अब यी तीनओटै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीले गत पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । 

त्यसैगरी छिमेक लघुवित्तले गत पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २७ प्रतिशत बोनस शेयर र मनकामना स्मार्ट लघुवित्तले पुस १९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।