दुई लघुवित्त कम्पनीले एफपीओ निष्कासन अनुमति माग गर्दै धितोपत्र बोर्डमा दिए निवेदन

दुई लघुवित्त कम्पनीले एफपीओ निष्कासन अनुमति माग गर्दै धितोपत्र बोर्डमा दिए निवेदन


बैंकिङ्ग समाचार, काठमाडौं ।
दुई ओटा अलग – अलग लघुवित्त कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा एफपीओ निष्कासन गर्नका लागि निवेदन दिएका छन् ।

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन् । उन्नति सहकार्य लघुवित्तले प्रतिकित्ता रू. १५९ मा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्नका लागि बोर्डमा २०७८ चैत २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी समता घरेलु लघुवित्तले प्रतिकित्ता रू.१५९ दशमलव शून्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्नका लागि चैत २९ गते बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

ती दुबै कम्पनीले बोर्डबाट एफपीओ निष्कासन गर्न अनुमति पाएपछि मात्र निष्कासन गर्नेछन् । सूचीकृत कम्पनीले सूचीकृत नभएका कम्पनीलाई प्राप्ति गरेसँगै शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेका हुन् ।