एनसिसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच क्युआर सेवा सम्बन्धी सम्झौता

एनसिसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच क्युआर सेवा सम्बन्धी सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी)ले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ कारोबार, बचतका फाइदा तथा क्युआर कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध देशै भरिका सात सयभन्दा बढी नाई सदस्यहरूको सहभागीता थियो । नेपाल राष्ट्रिय नाई संघमा आबद्ध नाईहरूलाई क्युआर कोड सेवा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता समेत भएको छ ।

यस सम्झौता अन्तर्गत संघमा आबद्ध भई क्युआर कोड सेवा लिएका नाईलाई बैंकले उपलब्ध गराउने सेवा सुबिधामा उच्च प्राथमिकता दिने तथा शुल्कमा आवश्यक छुट दिने बताइएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट नायव महाप्रबन्धक मुकुन्द सुबेदी र संघका तर्फबाट अध्यक्ष पल्टन ठाकुरले हस्ताक्षर गरेका हुन् ।

बैंकले सातै प्रदेशमा गरी १३७ शाखा कार्यलयहरू, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटीएम वुथहरू सञ्चालन गरी सेवा दिँदै आएको छ ।